राजनीति

कांग्रेस नेता बिहान एउटा बोल्छन्, बेलुकी के खान्छन् अनि अर्कै बोल्छन् : अध्यक्ष थापा



बागलुङ, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कांग्रेस नेताहरु बिहान एउटा बोल्ने, बेलुकी के खान्छन् अनि अर्कै बोल्ने गरेको आरोप लगाउनुभएको छ ।

आइतबार बागलुङमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएपनि सहयोगीहरुले बिगारेको दावि गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन्। तर सहयोगीले एकपछि अर्को घटनामा अधिनायकबादी र देश विरोधी क्रियाकलाप गरेर समस्यामा पारे, सबैको अस्तित्व स्वीकार गर्ने संविधान र सरकार बनाउन जरुरी छ।’

अध्यक्ष थापाले मिडिया काउन्सिल विधेयकलाई संशोधनसहित पारित गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक बारेमा सरकारको ध्यानाकर्षण गराउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेको जानकारी दिनुभयो ।