समाचार

कोटेश्वर समाज सुधार युवा क्लवको रक्तदान



काठमाडौँ, २७ जेठ । विश्व रक्तदाता दिवसको अवसर पारेर ब्लाड डोनर्स एशोसियसन नेपालको आह्वान तथा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सामुदायीक शहरी स्वास्थ्य क्लिनिक कोटेश्वरको सहकार्यमा कोटेश्वर समाज सुधार युवा क्लवले वृहत रक्तदान कार्यक्रमको आयाजना गर्यो ।

क्लवका अध्यक्ष सुवास रिमाल सहित ६० जनाले रक्तदान गरेको सो कार्यक्रमकोे औपचारिक उद्घाटन काठमाडौं महानगरपालिका ३२ वडासदस्य हिरादेवी पोखरेलले गरेकी थिइन ।

क्लवका अध्यक्ष सुवास रिमालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा ब्लोदानका केन्द्रीय केन्द्रीय सचिव उज्ज्वल केसी, रक्तदान कार्यक्रमका संयोजक जनक खड्का तथा क्लवका सचिव रविन्द्र घिमीरेले रक्तदानको महत्वबारे बोलेका थिए । रक्तदातालाई वडा सदस्य पोखरेल तथा क्लवका अध्यक्ष रिमालले प्रमाणपत्र वितरण गरेका थिए ।