काठमाडौँ, २७ जेठ । आज मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित सामान्य बर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा अहिले मौसम सफा छ । बेलुकापख आंशिक बदली हुन सक्ने अनुमान छ । तराई क्षेत्रमा भने मौसम सफा रहेको र सोमबार दिनभर नै सफा हुने बताइएको छ ।
सामान्यतया जुन १० अर्थात् सोमबार आजदेखि मौसम भित्रनुपर्ने भए पनि यसपटकको मनसुन एक हप्ता ढिला गरी भित्रने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस बर्षको मनसुन अर्को हप्तासम्म नेपाल भित्रने अनुमान छ । मनसुन शुक्रबार भारतको केरला आइपुगेको र अब विस्तारै नेपाल भित्रने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
मनसुन सुरुमा झापा र मोरङ हुँदै मध्यक्षेत्रमा मनसुन सक्रिय हुनेछ । यसबर्ष पूर्वी भेगमा कम र पश्चिममा औषत पानी पर्ने पूर्वानुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्