राजनीति

प्रधानमन्त्री ओली र बेलायती राजकुमार ह्यारीबीच भेटवार्ता हुने



काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी ओली र बेलायती राजकुमार ह्यारीबीच भेटवार्ता हुने भएका छ ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार आगामी मंगलबार प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच केन्सिङगटन प्यालेसमा भेट हुने तय भएको जनाएको छ ।

तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ लन्डन पुग्नेछन् । प्रधानमन्त्री ओली र ह्यारीबीच द्विपक्षीय हितसम्बन्धी विविध विषयमा छलफल हुने नेपाली दूतावासले बताएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार बेलायती प्रधानमन्त्री टेरिसा मेसँग पनि १० डाउनिङ स्ट्रिटस्थित उनकै कार्यालयमा भेट्ने कार्यक्रम छ ।