समाचार

मोटरसाइकल चोरी गरी किनबेच गर्ने ५ जना पक्राउ



बारा, २७ जेठ । मोटरसाइकल चोरी गरी किनबेच गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बारागढी गाउँपालिका–२ दौरवा मठबाट सिम्रौनगढ नगरपालिकाका–८ का १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुलसन प्रसाद यादव र बारागढी गाउँपालिका–२ का २० वर्षीय सुरेश मुखिया बिन,  बारागढी गाउँपालिका–२ मलाही टोल बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र सोही ठाउँका १९ वर्षीय नन्दकिशोर सहनीलाई पक्राउ गरेको हो ।

भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने उनिहरुलाई चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।