राजनीति

नेपालको बैकिङ प्रणाली दक्षिण एसियाकै उत्कृष्ट : मन्त्री खतिवडा



काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडा नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै उत्कृष्ट रहेको बताएका छन ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकाले विदेशीले पनि ऋण दिन थालेको बताए ।

उनले भने, ‘अब कुनै पनि संकट आए दोडेर बैंकमा पैसा झिक्न जानुपर्दैन । साना निक्षेपकर्ताको ३ लाखसम्मको रकमको बिमा छ । त्यो निक्षेप डुब्ने अवस्थामा छैन । बैंकहरुलो व्यवस्थामा सुधार ल्याएका छन्, निस्क्रियकर्जाको अवस्था घटिरहेको छ । नेपालको बैंक दक्षिण एसियामै राम्रो बनेको छ ।’ कोषमा म अर्थमन्त्री भएपछि ५ अर्ब सेयर पुँजी सरकारले थपेको छ । यसको जस अर्थमन्त्रालयलाई दिए हुन्छ । अब अर्को २ अर्ब यही आर्थिक वर्षमा थपेर यसलाई १० अर्ब चुक्तापुँजी भएको  बलियो कोष बनाउँनेछौ ।’