ललितपुर, २८ जेठ । ललितपुरमा आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव पक्राउ परेका छन् ।
महोत्तरी घर भइ हाल ललितपुरको धोविघाटमा बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई तीन चार वर्षयता बलात्कार गर्दै आएको बताइएको छ ।
उक्त घटनाबारे आमालाई समेत जानकारी रहेको थियो । तर, परिवारकै बेइज्जती हुने भएकाले उनले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि बुबाको हर्कत नरोकिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।
ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें ।
छोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका कर्मचारीविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्