काठमाडौँ, २९ जेठ । आज काठमाडौँसहित मध्य र पूर्वको मौसम आंशिक बदली भएको छ ।
सुदूरपश्चिमका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित वर्षा भएको छ । पश्चिमबाट प्रवेश गरेको मौसमी प्रणालीको असरले बुधबार बिहान दार्चुला, डडेलधुरा, कञ्चनपुर, धनगढी, दिपायल लगायत सुदुरपश्चिमका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी परेकोे मौसमविद्ले जनाएको छ ।
अझै पनि नेपालमा मनसुन प्रवेश नगरेकाले कुनै ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने जनाएको छ । सामान्यतया जुन १० मा नेपालमा मनसुन भित्रनुपर्ने भए पनि यसवर्ष अझै केही दिन ढिलो हुने मौसमविद्ले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्