Banner News

बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिन्थे : प्रधानमन्त्री ओली



काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैनिकको प्रशंसा गर्दै बन्दुक देख्दा नतर्सिनेहरु खुकुरी देख्दा तर्सिने बताएका छन ।

लण्डन दूतावासमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै भने ‘नेपालीहरु बहादुर थिए, गोर्खा सैनिकको बहादुरीका कारण बन्दुक देख्दा नर्तसिनेहरु खुकुरी देख्दा तर्सिन्थे, ‘गोर्खा सैनिकको बहादुरीका कारण यो सम्भव भएको हो ।’

प्रधानमन्त्री ओलीले नेपालीहरु वीर छन् भन्ने थाहा पाउने पहिलो देश व्रिटेन भएको उनले बताउदै उनले मित्रता औपचारिक रुपमा सन् १८१६ बाट शुरु भएपनि नेपालीले बेलायती सेनामा सो भन्दा एक वर्ष अगाडिबाटै काम गर्न थालेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले बेलायतमा नेपाली बोल्ने विदेशी देख्दा आफूलाई गर्व महशुस भएको बताउदै उनले भने, ‘नेपालीमा बोल्नु हाम्रा निम्ति खुशीको कुरा हो, गौरवको कुरा हो ।, ‘नेपालीहरु जहाँ पुग्छन् त्यहाँ हावापानी संस्कृती रीतिरिवाजलाई सम्बोधन गरेर बस्छन्, त्यहाँका मानिसको सहयोगी भएर बस्छन्, यो नेपालीको विशेषता हो ।’