समाचार

अवैध नगदसहित भारतीय नागरिक पक्राउ



बारा, ३० जेठ । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल भारत दशजगा क्षेत्रबाट मोटरसाइकलमा सिमापारी जाँदै गरेको अवस्थामा एक भारतीय नागरिक अवैध नगदसहित पक्राउ परेका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बडकी फुलवरियाबाट खटिएको संयुक्त टोलीले भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ परेकाको साथबाट स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँ रकम सहित पक्राउ गरेको हो ।