राजनीति

बाबुराम र उपेन्द्रको ‘समाजवादी पार्टी’ निर्वाचन आयोगमा दल दर्ता हुँदै



काठमाडौँ, ३० जेठ । नेपाल निर्वाचन आयोगमा बाबुराम भट्टराईको नयाँ शक्तिनेपाल र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल बीच एकीकरण भई बनेको समाजवादी पार्टी दर्ता हुने भएको छ ।

समाजवादी पार्टीका अनुसार चुनाव चिन्ह र झण्डाबारे आजै बस्ने पदाधिकारीको बैठकले टुँगो लगाएर शुक्रबार दिउँसो साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको जनाएको छ ।

वैशाख २३ गते एकता घोषणा भएको समाजवादी पार्टीको २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराउने भएको छ ।