काठमाडौँ, ३१ जेठ । नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ ।
बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय पुग्नुभएका उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका अध्यक्ष यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्नुभयो । उहाँले संविधानमा रहेका त्रुटि, कमी कमजोरीलाई सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।
संविधान र कानुनी प्रावधान अनुसार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्