राजनीति

विप्लव समूहका ९ कार्यकर्ता अदालत परिसरबाटै पक्राउ



पोखरा, ३१ जेठ । नेत्रविक्रम चन्द विप्लव समूहका ९ जना कार्यकर्ता मध्यरातमा प्रहरीले गएराति करिब १२ बजेतिर अदालत परिसर पोखराबाट पक्राउ गरेको छ ।

गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ बाट प्रहरीले पक्राउ गरेका १८ जनामध्ये ९ जनालाई राज्यविरुद्धको कसुरमा अदालतमा मुद्दा चलाइएको थियो । उनीहरुलाई बिहीबार उच्च अदालत, पोखराले थुनामुक्त गर्न आदेश दियो । तर प्रहरीले भने उनीहरुलाई अदालतपरिसरबाटै पुनस् पक्राउ गरेको हो ।

पुनःपक्राउ पर्नेमा जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राई रहेका छन् ।