पाल्पा, ३२ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिकामा २१ जनालाई रोजगार प्रधान गरिएको छ ।
स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक महिनाको अवधिसम्म काम गर्न पाउने गरि १२१ जनाले रोजगार पाएका छन ।
गाउँपालिका प्रशासकिय अधिकृत ऋषिराम अर्जेलका अनुसार प्रत्येक कामदारलाई दैनिक ५१७ रुपैयाँ ज्याला रहेको बताएका छन ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उक्त क्षेत्रमा वृक्षारोपण, गह्रा सुधार, बाटो निर्माण, वनस्पति नर्सरीको निर्माण, भू–क्षय नियन्त्रण, जलाशय क्षेत्रको संरक्षण लगायतका काम रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्