राजनीति

जनताको सारथी कांग्रेस, गुठी विधेयक पास हुन दिदैनौं : सभापति देउवा



हेटौंडा, ३२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताको सारथी कांग्रेसमात्र भएको बताउँदै सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक कुनै पनि हालतमा पास हुन नदिने बताउनुभएको छ ।

हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलालाई सबोधन गर्दै सभापति देउवाले सरकार दुई तिहाईको दम्भ देखाउँदै स्वतन्त्र संस्थाहरुको अधिकारलाई खोस्ने पक्षमा सरकार देखिएको आरोप लगाउनुभयो । उहाँले गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै सरकारले धेरै कुरामा बन्देज लगाउन खोजे पनि कांग्रेस कुनै पनि हालतमा चुपलागेर नबस्ने चेतावनी दिनुभयो ।

लोकतन्त्रमा सरकारले प्रेसमाथि आक्रमण गरेको भन्दै सभापति देउवाले सरकारले मानवअधिकार आयोगको अधिकार खोसेर तानाशाह र निरंकुशताको संकेत दिएको आरोप लगाउनुभयो ।