Banner News

कांग्रेसको क्षेत्रीय सम्मेलन सुरु, सभापति देउवाद्वारा सम्बोधन



काठमाडौँ, ३२ जेठ । नुवाकोटबाट नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन सुरु भएको छ ।

शनिबार लिखु गाउँपालिका-४ मा हुने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित उपसभापति विजय गच्छादार र सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सम्बोधन गर्ने भएका छन् ।

उक्त क्षेत्रीय सम्मेलनलाई पूर्वअर्थमन्त्री डा. रामशरण महत र अर्जुननरसिंह केसीले भने संस्थापन पक्षका नेताहरूको इच्छाअनुरूप आयोजना गरिएको कार्यक्रममा शीर्ष नेताहरूलाई अवमूल्यन गरिएकाले डा. महत र केसी सहभागी नहुने बताइएको छ ।