काठमाडौँ, ३२ जेठ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गुठी विद्येयकलाई कानुनी रुपमै आएको जसरी नबुझ्न आग्रह गरेका छन ।
काठमाडौँमा पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले गुठी विद्येयक बहसमा मात्रै अएको तर कानुनको रुपमा भने आइनसकेकाले नआत्तिन आग्रह गरेका छन ।
उनले गुठी विद्येयकले नागरिकको भावना, समुदाय र संस्कृतिमा प्रतिकुल प्रभाव परे विधेयक सच्याएर मात्रै पारित गरिने पनि बताउदै उनले भने, विधेयक छलफलका क्रममा आउने वित्तिकै कोही पनि आत्तिनुपर्दैन, अहिले नै यो सम्बन्धमा कुनै कानुन बनेको छैन् ।’
कार्यवाहक प्रधानमन्त्री पोखरेलले सरकारले नागरिकको भावना विपरितका र संस्कृति माथि बाझिने खालका कानुन नल्याउने समेत आग्रह गरेका छन । उनले सरकारले गुठी विद्येयकमा विवेकपूर्ण तरिकाले निर्णय गरेर कानुन तयार गर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्