काठमाडौँ, ३२ जेठ । प्रदेश नं १ सरकारले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ ।
सरकारले १३ – १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताए ।
प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्