एजेन्सी, ३२ जेठ । भारतमा एक महिलाले टिकटककै कारण आत्महत्या गरेकी छन् ।
भारत तमिलनाडु स्थिति अरियालुरमा श्रीमानसँग सामान्य विवाद भएपछि टिकटकको लत लागेकी २४ वर्षीय अनिता नाम गरेकी महिलाले विष पिएर टिकटकमै लाइभ आएर आत्महत्या गरेकी हुन् ।
भारतीय संचार माध्यमहरुका अनुसार ‘टिकटक’ कै विषयलाई लिएर परिवारमा दिनहुँ किचलो भएपछि अनिताले आत्महत्या गरेको जनाइएको छ । धेरै ‘टिकटक’ चलाएको भन्दै श्रीमानले गालि–गलौज गरेपछि अनिताले आत्महत्या गरेको बताइएको छ ।
अनिताले विष पिएर आत्महत्या गरेको भिडियो सामाजिक संजालहरुमा पनि देखा परेको छ । आफ्नो अन्तिम भिडियोमा अनिताले पतिलाई सम्बोधन गर्दै छोरा–छोरीलाई ध्यान दिन आग्रह गरेकी छन् ।