समाचार

सोमवार सार्वजनिक विदा



काठमाडौँ, १ असार । संघियताको कार्यान्वयसँगै स्थानीय तहले आफ्नो तहका मौलिक संस्कृतिलाई जगेर्ना गर्न सार्वजनिक विदा दिने गरेका छन् ।

अल्पसंख्यक धिमाल समुदायको जात्री पर्व समापनको अवसरमा सोमबार मोरङका ४ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका धिमाल समुदायले जात्रीलाई महान एवं विशेष पर्वका रुपमा मनाउने गरेका छन्। प्रत्येक वर्ष वैशाख २ गतेबाट २ महिनासम्म यो पर्व मनाउने गरिएको छ । यसको समापन हुने दिन सोमबार (असार २) मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक विदा दिएका छन् ।