अर्थ

सुनको मूल्य बढ्यो



काठमाडौँ, २ असार । आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थीर रहेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थीर रहदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।