समाचार

नागरिक समाज भक्तपुरको सफाईमा सबैलाई जोड्ने अभियान



भक्तपुर २३ वैशाख । नागरिक समाज भक्तपुरले लामो समयदेखि भक्तपुरमा सरसफाईको अभियान संचालन गर्दै आएको छ । हरेक साताको शनिवार विहान संचालन गर्दै आएको सफाइ कार्यक्रममा सूर्यविनायक नगरपालिका, नेप्सेम्याक, काठमाण्डौ वल्र्डस्कूल सूर्यविनायक,सुरक्षाकर्मी , स्वाथ्यकर्मी लगायतका संघ –संस्थाहरुको उल्लेखनीय सहभागिता रहदै आएको छ ।

हिजो शनिवार सूर्यविनायक चोकबाट गणेश मन्दिरको परिसर सम्म सफाई गरेको समाजका प्रवक्ता केशब लुईटेलले जानकारी गराए। उनका अनुसार आगामीमा दिनमा पनि हरेक शनिवार सफाईको कार्यक्रमलाई निरन्तरता दिने छ। सफाई कार्यक्रममा स्थानीय सामजिक संघ – संस्थाहरुको सक्रिय सहभागिताका लागि आफूहरुले निरन्तर प्रयास गरिरहने वताए । सामाजिक काममा सवैको सहभागिताका जुटाउने र सम्भ समाज निर्माणमा सबैलाई सहभागि गराउने उद्देश्यका साथ समाजले सफाई कार्यक्रमा को अगुवाई गरिरहेको हो ।

गणेस मन्दिर परिसरमा समापन गरेको सो कार्यक्रमा पूर्व प्रमुख सेनानी रामहरि केसी, वल्र्ड स्कूलकी प्रतिनिधि मालती चालागाई लगायतले सफाइको विषयमा आ–आफ्ना धारणा राखेका थिए । यस अघि सूर्यविनायक चोकमा समाजसेवी डा इन्दुल केसीले सफाई कार्यक्रमको शूरुवात गरेका थिए । केसीले समाजले थालनी गरेको सफाई अभियानको निरन्ततामा जोड दिदैभौतिकरुपमा मात्रै होइन, मानिसिक रुपमा नै सफाई अभियानले प्रत्येक नागरिकलाई प्रभाव पार्न र त्यस अनरुप अघि बढ्न सुझाव दिए ।