एजेन्सी, ३ असार । चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ ।
सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो । भुकम्पमा परी करिब १३४ भन्दा बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्