Banner News

जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न मन्त्री थापाको निर्देशन



काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएका छन् ।

मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित नयाँ प्रदेश प्रमुखका रुपमा जान लागेका प्रहरीलाई मन्त्री थापाले प्रहरी प्रमुखहरुलाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न निर्देशन दिएका हुन ।

प्रतिपक्षले साना विषय पनि उचालिरहेको छन्, सचेततापूर्वक काम गर्नू’, बादलले भनेका छन्, ‘आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने महसुस गरेर काम गर्नू ।’ कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गर्छन्, सचेत रहनुस् ।’

मन्त्री थापाले विप्लव समूहसहित विखण्डनवादीको गतिविधि पनि निगरानीमा राख्न निर्देशन दिदै भने, राजावादी र विखण्डनवादीका गतिविधि पनि निगरानीमा राख्नू ।’