भक्तपुर, ३ जेठ । भक्तपुरमा टिपर र स्कुटर ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार सुर्यविनायक नगरापालिका–९ स्थित नलिनचोकमा जगाती बाट साँगा तर्फ जादै गरेको बा४ख५६७१ नम्बरको टिपरसँग सोही दिशा तर्फ जादै गरेको प्रदेश ३-०२-००३प१२६६ को स्कुटीले ओभरटेक गर्ने क्रममा ठोक्किदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक पाँचखाल घर भई हाल सुर्यबिनायक नगरपालिका–८ सिपाडोल बस्ने ३७ वर्षीय पदम बहादुर श्रेष्ठको उपचारको क्रममा मध्यपुर अस्पतालमा १२:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक सल्लाघारी बस्ने २९ वर्षीय को लोक बहादुर श्रेष्ठलाई निमन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्