काठमाडौँ, ४ असार । विश्वकप क्रिकेटमा इंग्ल्यान्डले अफगानिस्तानमाथि शानदार जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनले पराजित गरेको हो । इंग्ल्यान्डले ५० ओभरमा पाँच विकेट गुमाउँदै दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन बनायो ।
अफगानिस्तानका लागि मध्यक्रमका हशमतुल्लाह शाहिदिले ५ चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाएका थिए । रामत शाहले ३ चौका र १ छक्काको सहयोगमा ४६ रन जोडे, अस्गर अफगानले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडे, कप्तान गुलबदीन नाइबले २८ बलमा ४ चौका र १ छक्काको प्रहार गर्दै ३७ रन, मोहम्मद नाबीले ९ रन, नजिव हुल्लाहले १५ रन र राशिद खानले ८ रन मात्रै जोड्न सफल भए ।
प्रतिक्रिया दिनुहोस्