काठमाडौँ, ४ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने भएको छ ।
अबको १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्ने र त्यसपछि मनसुन भित्रने भएकाले अब गर्मी बढ्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।
गएको शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो । यो तापकक्रम उपत्यकामा यो वर्षकै सबैभन्दा धेरै हो । आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ । नेपालतिर आउने मनसुनी प्रणाली बंगालको खाडी आसपासमै रोकिएपछि मनसुन भित्रिने बेलामा गर्मी बढेको मौसमविद्ले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्