काठमाडौँ, ४ असार । काठमाडौँको माइतीघर मण्डलमा गुठीसम्बन्धी विधेयक फिर्ताको माग गर्दै सर्वसाधारणहरुले विरोध जनाएका छन् ।
बुधबार सरोकारवालाहरूले सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै माइतीघर मण्डलमा खबरदारीसभा आयोजना गरेका हुन् ।
भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले थप परामर्शका लागि भन्दै मङ्गलबार विधेयक फिर्ता लिइएको निर्णय सार्वजनिक गरेकी छन ।
जुलुससहित माइतीघर मण्डलामा आन्दोलनकारीहरु केन्द्रीत हुँदा सहरका विभिन्न स्थानबाट आउने यातायात प्रभावित भएको छ ।










प्रतिक्रिया दिनुहोस्