समाचार

नेदरल्याण्ड्सका हान अबिङ नेपालमा



काठमाडौँ, ५  असार । विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन बुधबार नेपाल आइपुगेका छन ।

नेपालमा पहिलोपटक हुन लागेको साउन ३२ देखि भदौ ८ गतेसम्म हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आएका हुन । हानले भोलि विहिबारदेखि नेपाली टोलीको प्रशिक्षण दिने छन ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरेका थिए । प्रशिक्षक हानले छोटो समय भएपनि नेपाली टोलीलाई लागि शतप्रतिशत योगदान दिएर आफनो कार्यकाल स्मरणयोग्य बनाउने विचार व्यक्त गरेका छन ।