बर्दिया, ५ असार । बर्दियामा आँगनमा सुतिरहेका एक जनाको हत्या भएको छ ।
बुधबार राति राजापुर नगरपालिका–३ नंगापुरमा आँगनमा सुतिरहेका ५५ वर्षीय जयराम थारुलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको घरमा उनी र उनकी बुहारी मात्र रहेको खुलेको छ । उनका छोरा वैदेशिक रोजगारमा गएको बताए ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्