धादिङ, ६ असार । धादिङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बिहीबार दिउसो निलकण्ठ नगरपालिका-१४ डाँडागाउँमा बोलेरो गाडी दुर्घटना हुँदा सिम्ले गैरि बस्ने ३८ वर्षीय शेर बहादुर लामाको मृत्यु भएको हो ।
सोही ठाउँको ३८ वर्षीया कान्छी लामा, नेत्रावति गाउँपालिका-२ बस्ने २८ वर्षीय नर बहादुर तामाङ, २६ वर्षीया निरमाया तामाङ र रेनिसा तामाङ घाईते भएका छन् ।
प्रहरीका अनृसार घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको र सवारी चालक ५१ वर्षीय अनिल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्