महोत्तरी, ६ असार । महोत्तरीको गौशालामा चोरी गर्नका आएका व्यक्तिले धरिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् ।
शुक्रबार बिहान ३ बजेतिर गौशाला नगरपालिका-१०, भरतपुरका विष्णुकुमार श्रेष्ठको घरमा नचिनेका व्यक्तिले चोरी गर्ने क्रममा श्रेष्ठकी २७ वर्षीया छोरी अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
गम्भीर घाइते रहेकी श्रेष्ठको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्