समाचार

आज अन्तर्राष्ट्रिय योग दिवस



काठमाडौँ, ६ असार ।  २१ जुनमा विश्वभर मनाइने आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ ।

सो दिवसको अवसरमा आज अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ ।