काठमाडौँ, ७ असार । नक्कली एटीएम कार्ड बनाएर लाखौँ चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेले तनि जना रोमनियन नागरिकसँग मिलेर विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए । अहिले विदेशी नागरिकले नेपाल छाडिसकेको ब्युरोका एसपी दिपक रेग्मीले बताए ।
पाण्डेको साथबाट विभिन्न बैंकको भिषा कार्ड, नक्कली कार्डहरु, मोबाइल र एप्पल कम्पनीको दुई वटा ल्यापटप बरामद भएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्