काठमाडौँ, ८ असार । रोल्पा थबाङ गाउँपालिका – १ का वडाध्यक्ष फर्कबहादुर बुढाको निधन भएको छ ।
६० वर्षका वडाध्यक्ष बुढा ब्रेन ह्यामरेजका कारण अचेत भएका थिए । बिरामी उनलाई उपचारका लागि काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरियो । वडाअध्यक्ष बुढालाई उपचारबाट केही सुधार आएन र शुक्रबार चिकित्सकहरुले उपचार सम्भव नहुने जानकारी दिएपश्चात घर फिर्ता पठाएपछि लैजाँदै गर्ने क्रममा मुग्लिनको कुरिनटारमा उहाँको निधन भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्