काठमाडौँ, ८ असार । कृषिमन्त्री चक्रपाणि खनालले यस वर्ष मलको अभाव नहुने बताएका छन ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७६-०७७ को विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले भने, जीटूजीमार्फत मल तुरुन्त ल्याउने भनेर निर्णय गरेर पठाएका छौं । भारतले गर्देछौँ भनेको छ । यो वर्ष मलको अभाव हुँदैन मल पूर्ती गर्न कुनै कसरत बाँकि छैन् ।
मन्त्री खनालले नेपालमा मल अभावको निराकरण गर्न ठोस योजना बनाएर अगाडि बढेको बताउँदै उनले त्यसको लागि प्राङ्गारिक मललाई प्रबर्द्धन गर्ने, अनुदानको रकम बढाउने, मूल्य समायोजन गर्ने वा के गर्ने भन्नेबारेमा मन्त्रालयमा छलफल अगाडि बढिरहेको बताए ।
मन्त्री खनालले भने, ‘नेपालमा लको अभाव छ । माग साढे छ लाख मेट्रिक टन बराबर छ तर आयात साढे तीन लाख मेट्रिक टन मात्र छ । “मलको अभाव छ । यो हामी स्वीकार्छौं ।” तर यो समस्यालाई निराकरण गर्न ठोस योजना बनाएर अगाडि बढेका छौं ।’










प्रतिक्रिया दिनुहोस्