समाचार

करेन्ट लागेर एक युवतीको मृत्यु



तनहुँ, १० असार । म्याग्दे गाउँपालिका वडा न २ पाटेचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ बर्षकी सीता आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बिजुलीको होल्टर सार्ने क्रममा सीतालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागि घाईते भएकी सीताको उपचारको लागी रत्नहरि अस्पताल दमौली ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।