काठमाडौँ, ११ असार । बजेटसँग सम्बन्धित ३ वटा विधेयक संसदबाट बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको मंगलबार बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले पारित गरेको हो । अर्थमन्त्री डा. खतिवडाले “आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्” र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्