समाचार

आजको मौसम



काठमाडौँ, ११ असार । आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । राति देशैभरी आंशिकदेखि सामान्य बदली भइ देशका पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।