काठमाडौँ, ११ असार । संघिय संसदको प्रतिनिधिसभामा विनियोजित विधेयकमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका १९ जना खर्च कटौतीका प्रस्तावक मध्येमा कांग्रेसका युवा नेता गगन कुमार थापा सहित ९ जना अनुपस्थित हुनुभयो ।
प्रतिनिधिसभको मंगलवार भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट मन्त्री उपेन्द्र यादव, रक्षा मन्त्रालयको तर्फवाट मन्त्री इश्वर पोखरेल तथा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोग सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको तर्फबाट प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धीत मन्त्रालयमाथि उठेका प्रश्नहरुको सम्बन्धीत मन्त्रीले जवाफ दिनुभएको थियो ।
बजेट सम्बन्धी विनियोजित विधेयकको प्रस्तुत खर्च कटौती सम्बनधी विभिन्न शिर्षकहरुमाथि उठेका प्रश्नहरुको उत्तर दिन सम्बन्धीत मन्त्रालयका मन्त्री उपस्थित रहेकोमा उक्त ९ जना प्रस्तावक नै उपस्थित नहुनुले प्रस्तावकहरुले भित्री आत्मादेखी नै प्रस्ताव नगरी देखावटी मात्र गरेको जस्तो देखिएको छ ।
उहाँहरुको प्रस्ताव देश र जनताको पक्षमा नभई सामाजिक सञ्जाल तथा मिडियामा प्रचार बाजी गर्ने कार्यको लागि मात्र प्रस्ताव गरिएको पाइएको छ । देश र जनताको लागि नै प्रस्ताव गरिएको भए प्रस्ताव प्रस्तुत हुने दिन नै किन अनुपस्थित भए ? यो आम नेपाली जनतामा प्रश्न चिन्ह खडा भएको छ ।
सम्बन्धीत मन्त्रालयको खर्च कटौती प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने तथा मन्त्रालयको बजेट पास हुने बैठकमा रहनुभएका अनुपस्थित हुने सांसदहरुमा
गगन कुमार थापा – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धी खर्च कटौती
दुर्गा पौडेल – युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, अर्थमन्त्रालय, बन तथा वातावरण मन्त्रालय, महिला, वालवालिका तथा जेष्ठ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च कटौती,
राजेन्द्र कुमार केसी – बन तथा वातावरण मन्त्रालयसँग सम्बन्धीत खर्च कटौती,
सुजता परियार – खानेपानी सम्बन्धीसँग सम्बन्धीत खर्च कटौती,
बहादुर सिं लामा – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धीत खर्च कटौती,
डा. नारायण खड्का – परराष्ट्र मन्त्रालयसँग सम्बन्धीत खर्च कटौती,
सञ्जयकुमार गौतम – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धीत खर्च कटौती,
ज्ञानेन्द्र बहादुर कार्की – उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसँग सम्बन्धीत खर्च कटौती,
देवेन्द्र राज कँडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग सम्बन्धीत खर्च कटौती,










प्रतिक्रिया दिनुहोस्