Banner News

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शुक्लाफाँटा बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु



चितवन, ११ असार । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शुक्लाफाँटा बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका ढुङ्गालाई पन्छाई व्यवस्थित पार्न २४ जनाले काम पाएका छन् ।

पदमार्ग निर्माणमा जुटेका व्यक्तिलाई ३० दिनसम्म रोजगारी दिइने र प्रतिदिन रु ५१७ का दरले ज्याला दिइने वडाध्यक्ष बहादुरसिंह महराले बताएका छन । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न रहने छन् ।

उक्त ठाउमा दुईतर्फ कडा चट्टान भएको साँघुरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् ।