विश्व

चिनियाँ राष्ट्रपति सीद्वारा पार्टी शुद्धीकरणमा होमिन आह्वान



एजेन्सी, ११ असार । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न केही समयदेखि आहृवान गर्न थालेका छन् ।

सिन्हृवा समाचार एजेन्सीका अनुसार, पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले आयोजना गरेको समूहगत अध्ययन सत्रको अध्यक्षता ग्रहण गर्दै सीले सोमबार पार्टीलाई नयाँ युगमा लैजान र लामो समयसम्म शासन गर्न पनि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको बताएका छन ।

‘चिनियाँ कम्युनिस्ट पार्टीले दीर्घकालसम्म शासन गर्नका लागि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको छ’, पार्टीको वास्तविक उद्देश्य स्मरण गराउँदै सीले कार्यक्रममा व्यक्त गरेको भनाइ उद्धृत गर्दै सिन्हृवाले लेखेको छ ।

सिले मार्क्सवादी ढंगले शासन गर्ने जीवन्त पार्टी निर्माणका लागि जोड दिँदै यसले नै जनताको वास्तविक चाहना पूर्ति गर्ने पनि प्रष्ट पारेका छन् ।