कैलाली, ११ असार । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः तेस्रोपटक पनि स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर आउँदो असार १२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०७६र०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बुधबारका लागि तय बैठक स्थगित गरिएको हो ।
बजेट त्रुटिपूर्ण भएकाले संशोधन हुुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतको माग छ ।










प्रतिक्रिया दिनुहोस्