काठमाडौँ, ११ असार । काठमाडौँ महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क तोकेको छ ।
महानगरका अनुसार न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतको भित्री शहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल र लैनचौरसम्मको काठमाडौँ मध्य भागका क्षेत्रमा दुई पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ तोकेको छ ।
महानगरले सो भन्दा बढीको लागि प्रतिघण्टा सय रुपैयाँ तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्