समाचार

प्रहरीको गाडी दुर्घटना



काठमाडौँ, ११ असार । काभ्रेमा प्रहरीको गाडी दुर्घटना भएको छ ।

पनौतीमा मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना हुदा केही प्रहरी घाइते भएका छन् ।

घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताएका छन ।