कैलाली, १२ असार । सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार चौथो पटक पनि स्थगित भएको छ ।
प्रदेशसभाको विहीबार बोलाइएको बैठक अवरुद्ध भएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति असहमति जनाउँदै आएको प्रतिपक्षीले प्रदेशसभा भित्रै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् । प्रदेशसभाको अर्को बैठक असार १५ गते दिउँसो ३ बजे बोलाइएको छ ।










प्रतिक्रिया दिनुहोस्