जाजरकोट जिल्लाको जुनीचाँदै गाउपालीकाले अब छोरी जन्मिनेबित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएका छ । गाउँ पालिकाले सार्वजनिक गरेको २०७६/७७ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत साउन १ पछि गाउँपालिकाभित्र जन्मिने प्रत्येक छोरीको नाममा गाउँपालिकाले निःशुल्क बैंक खाता खोलेर १० हजार रुपैयाँ बचत गरिदिने घोषणा गरेको छ ।
यसै गरी, भैंसीपालन व्यवसायलाई प्रदर्द्धन गर्न ‘एक कृषक, एक भैंसीपालन’ कार्यक्रम सञ्चालन गरी सुत्केरी भैंसीलाई १६ सयका दरले प्रोत्साहन रकम दिने बजेटमा व्यवस्था छ। यो समाचार आजको अन्नपूर्णपोस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्