सम्पादकीय

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य



एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य  रहेको छ ।

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षणमा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।

विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनै पर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन् । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।