राजनीति

आर्थिक बिधेयक बहुमतले पारित



काठमाडौँ, १४ असार । प्रतिनिधिसभामा आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विधेयक पारित होस् भनी राखेको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।

बैठकमा अर्थमन्त्री खतिवडाले कर प्रणालीमा कुनै भ्रम नराख्न आग्रह गर्दै नक्कली विलबिजक पेश गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने र राजस्व चूहावट गर्नेलाई कारवाहीको व्यवस्था भएको जानकारी दिएका थिए ।

बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७६ , “ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, २०७६  पारित गरेको छ ।