Banner News

बेरोजगारी समस्या समाधानको लागि श्रम तथा रोजगार सम्मेलन हुँदै



काठमाडौँ, १४ असार । बेरोजगारी समस्या समाधानको लागि सरकारले यही १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार’ सम्मेलन आयोजना गर्ने भएको छ ।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी काठमाडौँमा १५ र १६ गते सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशमा बेरोजगारीको समस्या समाधान गर्ने गरी सरोकारवाला व्यक्ति, निकाय र विज्ञहरुसँग पर्याप्त छलफल गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको बताएका छन  ।

सम्मेलनमा सम्बन्धित क्षेत्रका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ । सम्मेलनमा नेपाली श्रम बजारको अवस्था र आयको स्थिति, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, रोजगारीका लागि सीप विकासलगायतका क्षेत्रमा विस्तृत छलफल गर्नेगरी कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।